+
+

‘कौन बनेगा करोडपति’ शोको बिदाइमा भावुक भए अमिताभ बच्चन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १९:०३

काठमाडौं । ‘कौन बनेगा करोडपति १५’को अन्तिम श्रृंखला छायांकन गर्ने क्रममा अमिताभ बच्चन भावुक देखिए । सिजनको अन्तिम एपिसोडलाई टुंग्याउनुअघि ‘शुभरात्री’ भन्दा उनले आँसु बगाए ।

यो शो अर्को वर्ष सिजन १६ सहित फिर्ता हुनेछ ।

भिडियोले फ्यानलाई भावुक बनायो किनभने अमिताभले सम्भवतः अहिलेको सिजन अन्त्यको संकेत गरिरहेका थिए । अमिताभको यो भिडियो सामाजिक संजाल एक्स (पहिलेको ट्वीटर)मा ट्रेन्ड भैरहेको छ ।

भिडियोमा प्रतिक्रिया दिँदै धेरैले यो केबीसीबाट अमिताभको अन्तिम बिदाइ हो भन्ने सोचेका छन् । एक फ्यान कमेन्ट सेक्सनमा लेख्छन्, ‘अमित सर यस्तो उमेरमा पूर्ण समर्पण र जोशको उदाहरण हुनुहुन्छ ।’

“म केबीसीलाई मिस गर्नेछु र अमिताभ बच्चन सरलाई । अर्को सिजनको लागि पर्खनेछु’ अर्कोले लेखे । अन्तिम एपिसोडमा अविनाश भारती र शीला देवी देखिएका थिए । फाइनलमा विद्या बालन, शर्मिला टैगोर र सारा अली खान पनि देखिएका थिए ।

‘कौन बनेगा करोडपति १५’ सोमबारदेखि शुक्रबार राति ९ बजे सोनी टिभीमा प्रसारण हुन्छ । सोनीलिभ एपमा पनि सो शो स्ट्रिम गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?