+
+

‘कौन बनेगा करोडपति’ सिजन १६ लिएर अमिताभ बच्चन आउने पक्का

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १६:५६

काठमाडौं । ‘कौन बनेगा करोडपति’मार्फत अमिताभ बच्चनको पुनरागमन हुन्छ या हुँदैन भन्ने अन्योलबीच फ्यानका लागि खुसीको खबर छ । यो भारतीय टिभी रियालिटी शोको १६ औं सिजनको मंगलबार घोषणा भएको छ ।

‘कौन बनेगा करोडपति १६’ को लागि दर्ता सुरु भएको छ र निर्माताले प्रोमो सार्वजनिक गरेका छन् । प्रसारण मिति खुलाइएको छैन, तर दर्ता सुरु भएको छ ।

गत सिजनमा बच्चनले आफू भोलिदेखि नआउने कुरा आफ्ना प्रियजनलाई भन्न सक्ने हिम्मत र इच्छा नभएको भन्दै शो अन्त्य गरेका थिए । यति भन्दै उनी भावुक भएका थिए र दर्शक पनि रुन थाले । तर अहिले अमिताभ नयाँ सुरुवातसँगै आउने पक्का भएको छ ।

‘कौन बनेगा करोडपति १६’ सोनी टिभीमा प्रसारण हुनेछ । नयाँ सिजनको पहिलो प्रोमो शोको इन्स्टाग्राम पृष्ठमा सेयर गरिएको छ । प्रोमो अघिल्लो सिजन अर्थात् ‘कौन बनेगा करोडपति १५’ समाप्त भएको ठाउँबाट सुरु हुन्छ ।

बिग बीले ‘कौन बनेगा करोडपति १६’ लाई पूर्ण उत्साहका साथ ल्याउने घोषणा गरेका छन् । यो नयाँ शोको २६ अप्रिलदेखि दर्ता प्रक्रिया सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?