+
+

समुदायमा कांग्रेस अभियान माघ ७ गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १९:१६

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले पुस १६ देखि एक महिनासम्म सञ्चालन गर्ने भनेको समुदायमा कांग्रेस अभियान केन्द्रीय समितिले निर्णय गरेको भोलिपल्टै संशोधन गरेको छ ।

अब उक्त अभियान माघ ७ देखि माघ २२ गतेसम्म सञ्चालन गरिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बिहीबारदेखि शनिबारसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ७ देखि २२ माघसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पहिले एक महिना सञ्चालन गर्ने भनिएको अभियान १५ दिनमा झारिएको छ । माघ ७ गते सुरु गर्ने उक्त अभियानमा माघ १२ गतेदेखि पार्टीका केन्द्रीय प्रतिनिधिहरु खटिनेछन् । यस हिसाबले अभियान केबल १० दिनको हुनेछ । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते रहेकाले यो अभियान प्रभावित भएको कांग्रेसको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?