+
+

मोरङमा गोली हानेर मारियो जंगली हात्ती

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १२:०९

१६ पुस, विराटनगर । मोरङको सुन्दरहरैंचामा जंगली हात्ती मृत फेला परेको छ । सुन्दरहरैंचा नगरपालिका-१० स्थित जनजागरण सामुदायिक वनमा करिव १२ वर्षको जंगली हात्ती मृत फेला भेटिएको हो । गोली हानेर मारेको अवस्थामा मृत हात्ती भेटिएको हो ।

घटना स्थलमा रहेका स्थानीय अगुवा दिनेश गिरीका अनुसार मृत हात्तीको टाउकोको भागमा गोली हानेको देखिन्छ । मृत हात्ती भेटिएको स्थानमा रगत पनि बगेको छ । प्रहरी स्रोतका अनुसार सिकारीको समूहले गोली हानेर मारेको जस्तो देखिन्छ ।

हात्ती मृत भेटिएपछि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले बताए । प्रहरी र डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। कोसीटप्पु वन्यजन्तु आरक्षबाट भेटनरी चिकित्सकको टोली पनि पुगेको छ । हात्तीको मृत्युको कारण अनुसन्धानपछि मात्रै खुल्ने डीएसपी दाहालले बताए ।

करिब दुई महिना अघि नेपाल प्रवेश गरेको जंगली हात्तीको समूह मोरङको जंगल क्षेत्रमा छ । मृत भेटिएको हात्ती सोही समूहको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?