+
+

स्थानीय र वैदेशिक रोजगारमा गएकालाई पुस २५ देखि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १०:५४

१७ पुस, काठमाडौं । प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुलाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ)मा पुस २५ देखि आवेदन खुल्ने भएको छ । उद्योग रहेको क्षेत्रका प्रभावित, खानी रहेको क्षेत्रका प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुले छिटोमा माघ १० गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उद्योग, खानी उत्खनन प्रभावित क्षेत्रका लागि ९ लाख ३० हजार कित्ता सेयर र वैदेशिक रोजगारमा रहेकाहरुका लागि २ लाख ६७ हजार कित्ता सेयर बाँडफाँट हुनेछ । दरखास्तका साथ प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले भुक्तानी गर्नुपर्नेछ ।

उद्योग क्षेत्र नवलपरासीको सुनवल नगरपालिकाका केही वडा नम्बरहरु ३,४,५,६,११ र १३ का स्थानीयले आवेदन दिन पाउने छन् । त्यस्तै खानी क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका १ र २ नम्बर वडाका स्थानीयले आवेदन दिन सक्छन् । पाल्पा रिब्दिकोट गाउँपालिकाका २,३, ४ र ६ नम्बर वडाका स्थानीय, तिनाउँ पालिकाका १, २ र ३ तथा निस्दी गाउँपालिका ७ नम्बर वडाका बासिन्दाले आईपीओमा आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?