+
+

२०३० अंकमा झर्‍यो सेयर बजार, सबै समूहमा गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १५:१९

लगातार छैटौं कारोबार दिन सेयर बजार झरेको छ । ५ पुस र सोयता कारोबार भएका सबै दिन ८, ११, १२, १६ र १७ गते मंगलबार बजार घटेको हो । मंगलबार ३० अंकले नेप्से घटेर २०३० अंकमा कायम भएको छ ।

दिनभर ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएको थियो । कुल ३७ कम्पनीको मूल्य बढ्दा २०५ को घट्यो भने ३ को स्थिर रहयो । सबै समूहका सूचक घटेका छन् ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.२ प्रतिशत घट्यो । बैंकिङ १.१, विकास बैंक १.३, फाइनान्स १.३, हाइड्रोपावर १.३, जीवन बीमा २.९, उत्पादन १.२, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ०.६ र ब्यापार उपसमूह १ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र लक्ष्मी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन हाइड्रोपावरको १०, सिटिजन लाइफ इन्स्योरेन्सको ७, दोर्दी हाइड्रोपावरको ६.५, अपरहेवाखोलाको मूल्य ५.५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, सोनापुर सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?