+
+

अपडेट : इरान बम विस्फोटमा १०३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते २०:४७

१८ पुस, काठमाडौं । अमेरिकी सेनाको हवाई आक्रमणमा मारिएका इरानी कुद्स फोर्सका तत्कालीन प्रमुख जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा १०३ जनाको मृत्यु भएको छ ।

आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो । एजेन्सीले भनेको छ, ‘आतङ्कवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या बढेर १०३ पुगेको छ ।’

बम विस्फोटमा अन्य १४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

इरानका जनरल कासिम सुलेमानीको दक्षिणी गृहनगर केरमानमा साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । उक्त मस्जिदमा सुलेमानीको शव गाडिएको छ ।

बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा उनी मारिएका थिए । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानी मारिएको बताएका बताएका थिए । सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा पनि कम्तिमा ३५ जनाको मृत्यु भएको थियो ।

जनरल कासिम सुलेमानी

बुधबार सुलेमानीको चौथो वार्षिकी मनाउन मस्जिदमा मानिसहरू भेला भएका बेला विष्फोट भएको थियो । आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।

इरानको समाचार एजेन्सी तस्निमले भनेको छ, ‘बमले भरिएका दुईवटा ब्यागमा विस्फोट भयो, यो घटनाका अपराधीहरूले रिमोट कन्ट्रोलमार्फत बम विस्फोट गराएको देखिन्छ ।’

सरकारी टेलिभिजनले उक्त विस्फोटलाई ‘आतंकवादी हमला’ भनेको छ । इरानको सहयोगी हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा उक्त विस्फोट भएको हो ।

लेबनानी अधिकारीहरूले बेरुतमा भएको ड्रोन हमला इजराइलले गराएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?