+
+
राज्य व्यवस्था समितिको बैठक :

संवैधानिक परिषद्को कानुन सम्बन्धी छलफलमा प्रधानमन्त्री पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते ९:२८

२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएका छन् ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा छलफलका लागि प्रधानमन्त्री प्रचण्ड समितिको बैठकमा सहभागी भएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि दुईपटकसम्म संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका थिए । दुईपटकसम्म जारी गरेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक नआएर कानुन बन्न सकेको थिएन ।

त्यो अध्यादेशले खडा गरेको कानुनी रिक्तता पूर्ति गर्न वर्तमान सरकारले छुट्टै विधेयक ल्याएको छ । त्यो विधेयकमाथिको दफावार छलफल आजबाट राज्यव्यवस्था समितिको बैठकमा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?