+
+

भारतीय विदेशमन्त्रीसँग चिनियाँ टोलीबारे कुरा भएन : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १०:४६

२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको विषयमा कुरा नभएको बताएका छन् । भारतीय विदेशमन्त्रीले पनि त्यसबारे नसोधेको र आफूले पनि जवाफ दिनु नपरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

यसअघि जयशंकर नेतृत्वको भारतीय प्रतिनिधिमण्डलले आफूहरु काठमाडौं आएकै दिन चिनियाँ कम्युनिष्ट पार्टीको टोलीलाई पनि बोलाएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग विरोध जनाएको समाचार सार्वजनिक भएका थिए । त्यस विषयमा शुक्रबारको राज्य व्यवस्था समितिको बैठकमा पनि नेकपा एमालेले जिज्ञासा राखेको थियो । समितिको बैठकमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय टोलीसँग चिनियाँ टोलीको विषयमा कुरै नभएको बताए ।

‘चीनको प्रतिनिधिमण्डल आउने बारे भारतको विदेशमन्त्रीले मसँग कुरा गरे भन्ने कुरा बिल्कुल सत्य होइन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘एक शब्द पनि उहाँले त्यो उच्चारण गर्नु पनि भएन । मैले त्यसकोबारे जवाफ दिनु पनि परेन ।’

उनले भारतीय विदेशमन्त्री जयशंकरसँग वान अ वान कुराकानीको क्रममा र डेलिगेसन लेभलमा पनि चिनियाँबारे कुराकानी नभएको प्रष्टीकरण दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘हुन त मेरो अनौपचारिक एकछिन वान टु वानमा पनि कुरा भएको थियो । त्यहाँ पनि उहाँले चिनियाँ प्रतिनिधिमण्डल आउनेबारे कुनै प्रश्न या चासो या त्यस्तो केही राख्नु पनि भएन । अनि हाम्रो डेलिगेसन लेभलमा जो कुराकानी भयो, त्यहाँ पनि भएन । त्यसकारण माननीय सदस्यहरु प्रष्ट हुन म अनुरोध गर्दछु । त्यो विषयमा भारतीय विदेशमन्त्रीले प्रधानमन्त्रीसँग कुरा गरेको भन्ने जो चर्चा छ, त्यो गलत चर्चा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?