+
+

धितोपत्र बोर्डको अध्यक्षबाट बाहिरिँदै गर्दा हमालले सुनाए कार्यप्रगति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १५:२४

२० पुस, काठमाडौं । कार्यकाल सकेर नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदबाट बाहिरिँदै गर्दा रमेशकुमार हमालले आफ्नो प्रगतिबारे जानकारी गराएका छन् ।

उनले शुक्रबार सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा आफ्नो कार्य प्रगति विवरण सुनाएका हुन् । उनी २०७८ फागुनमा बोर्डको अध्यक्ष भएका थिए । आफ्नो कार्यकालमा एसएमईज प्लाटफर्मका लागि नियमावली तयार गरी अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको उनले बताए ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेकालाई आईपीओमा १० प्रतिशत कोटा सुरक्षित गर्ने काम भएको, वस्तु विनिमय बजार सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको, नयाँ स्टक एक्स्चेन्ज सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको, बजारमा उत्पादनमूलक तथा अन्य समूहका कम्पनीहरुको संख्या बढेको उनले बताए ।

उनको कार्यकालमा ब्रोकर कम्पनी सञ्चालनका लागि ‘ओपन इन्ट्री एण्ड इक्जिट’मार्फत तोकिएको मापदण्डभित्र रहेर थप कम्पनीलाई अनुमति पत्र प्रदान गरिएको छ । जसले ब्रोकरेज सेवाको गुणस्तर बढाएको हमालले बताए ।

‘बुक बिल्डिङ पद्दतीबाट आईपीओ निष्कासन प्रारम्भ भएको छ र यसले वास्तविक क्षेत्रका कम्पनीहरुलाई बजारमा प्रवेशको ढोका खुलेको छ’ उनले भने । त्यस्तै आस्बा शुल्कमा कटौती गरी लगानीकर्तालाई सहुलियत दिइएको हमालले बताए । ‘सूचीकृत ८८ कम्पनीहरुलाई समयमै वित्तीय विवरण नबुझाएकाले पहिलो पटक स्पष्टिकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाइएको छ’ उनले भने ‘बोर्डबाट लगानीकर्ताको हकहित संरक्षणका लागि कानुन प्रबलीकरण सुदृढ पार्ने क्रममा छोटो समयमा नै २० भन्दा बढी कारबाही गरिएको छ ।’

त्यस्तै म्युचुअल फण्डहरुलाई आईपीओ परेको ६ महिनासम्म बिक्री वा हस्तान्तरण गर्न नपाउने व्यवस्था गरिएको उनले बताए । सूचीकृत संस्थाको संस्थापक अन्य समूहको सेयरमा लकइन अवधि सकिनुभन्दा १ महिनाअघि सार्वजनिक सूचनामार्फत जानकारी दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?