+
+

राष्ट्रिय सभामा चुनावबारे राप्रपाले सत्ता गठबन्धनसँग छलफल गर्ने, बुद्धिमान तामाङलाई जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २१ गते १९:०९

२१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा चुनावमा सहकार्यका विषयमा सत्तारुढ गठबन्धनसँग छलफल गर्ने जिम्मा कार्यबाहक अध्यक्ष बुद्धिमान तामाङलाई दिएको छ ।

शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले चुनावमा सहकार्यका विषयमा सत्ता गठबन्धनसँग छलफल गर्ने र त्यसको जिम्मा कार्यबाहक अध्यक्ष तथा राजनीतिक विभाग प्रमुख बुद्धिमान तामाङलाई दिने निर्णय गरेको हो ।

राप्रपाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न सातवटै प्रदेश समितिलाई निर्देशन दिएको थियो । प्रदेश समितिले सिफारिस गरेको नाममाथि पार्टीको संसदीय समितिले शनिबार छलफल गरेको थियो ।

त्यसपछि गत वर्षको प्रतिनिधिसभा निर्वाचको समानुपातिकतर्फ उम्मेदवार रहेका नामहरु हटाएर संसदीय समितिले केन्द्रीय कार्यसम्पादन समितिलाई सिफारिस गरेको थियो ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समितिले ती नाममाथि छलफल गरी उम्मेदवारको नाम करिब टुंगो लगाएको छ ।

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ । ७ प्रदेशमा हुने चुनावबाट १९ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?