+
+

राष्ट्रिय सभाको सिटमा भागबन्डा गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते ९:१३

२२ पुस, काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक जारी छ ।

शनिबार मध्यरातसम्म बसेको बैठकबाट सहमति हुन नसकेपछि गठबन्धनका शीर्ष नेताहरू आज पुन: प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका हुन् ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरू सहभागी भएका छन् ।

शनिबार रातिको बैठकमा १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने गरी मोटामोटी सहमति भएको छ ।

तर, ठकमा एकीकृत समाजवादीले भने आफूलाई कम सिट भएको भन्दै असहमति जनाएको थियो । उसले तीन सिटमा दाबी गरेको छ ।

राष्ट्रिय सभाको मतदान ११ माघमा हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसले गठबन्धनलाई आजै भागबन्डा टुंगो लागउन दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?