
२२ पुस, काठमाडौं । अपर हेवाखोला जलविद्युत् कम्पनीको आयोजना पुनः सञ्चालनमा आई विद्युत् उत्पादन सुरु भएको छ । गत असार २ गतेको बाढीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो ।
जसले गर्दा त्यसयता आयोजनाको विद्युत् उत्पादन ठप्प भएको थियो । ‘प्रसारण लाइनको पुनःनिर्माण, पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवश्यक परीक्षण र बाईपास क्यानल तथा कनेक्टिङ पाइपको मर्मत कार्य सम्पन्न भएको छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यी कार्यहरु सम्पन्न भएसँगै पावरहाउस सञ्चालन गरी विद्युत उत्पादन गर्न सम्भव भएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4