
२२ पुस, काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशमा राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाएको छ ।
११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको एमालेको बागमती प्रदेश उपसचिव भक्त लामाले जानकारी दिइन् ।
नेकपा एमालेले राष्ट्रियसभा चुनाव हुने सबै १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको छ । राष्ट्रियसभा चुनावका लागि २३ पुसमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4