+
+

हिमाल चढेर पनि प्रमाणपत्र बुझ्दैनन् आरोही, उजुरी दिन १५ दिने अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १८:१४

२२ पुस, काठमाडौं । विभिन्न मितिमा सगरमाथासहितका हिमाल चढेका ४८ जना आरोहीले प्रमाणपत्र बुझ्न नआएपछि सरकारले आरोहण गराउने कम्पनी र आरोहीको नाम सार्वजनिक गरेको छ ।

पर्यटनन विभागका अनुसार दलका नेताको मृत्यु भएको वा हराएको, आफ्नो देशमा फिर्ता गएको वा सम्पर्कमा नआएको जस्ता कारणले विभागमा ब्रिफिङ हुन नसकी ४८ जना आरोहीले हिमाल चढेको प्रमाणपत्र पाएका छैनन् ।

विभागले त्यस्ता फाइलको सन्दर्भमा आवश्यक निर्णय लिनु परेको भन्दै आरोहीले हिमाल चढे–नचढेको सम्बन्धमा कुनै उजुरी, गुनासो वा सिकायत भएमा लिखित प्रमाणसहित बुझाउन १५ दिनको समय दिएको छ ।

आरोहीले प्रमाणपत्रसँगै फोहोर फिर्ता गरी गार्बेज धरौटी समेत फिर्ता पाउँछन् । तर, यी ४८ जना आरोहीको गार्बेज समेत फिर्ता नभएको विभागले जनाएको छ ।

विभागका अनुसार सेभेन समिटबाट सन् २०१८ मा सगरमाथा चढेका १४ जनाको ब्रिफिङ बाँकी छ । सोही कम्पनीबाट सन् २०२२ मा हिमाल चढेका ८ जनाको समेत बिफ्रिङ बाँकी रहेको विभागले जनाएको छ ।

यही कम्पनीबाट सन् २०१८ मा मकालु चढेका १२ जनाको समेत बिफ्रिङ बाँकी रहेको विभागले जनाएको छ ।

हिमालयन स्की ट्रेकबाट सन् २०१९ मा हिमाल चढेका १३ जनाले प्रमाणपत्र लिएका छैनन् । पिक प्रमोशन प्रालिबाट सन् २०१९मा हिमाल चढेका १ जनाको समेत प्रमाणपत्र लिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?