+
+

गण्डकीमा एमालेका ३ जनाले गराए मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १५:१८

२३ पुस, कास्की । राष्ट्रियसभा चुनावका लागि गण्डकीबाट नेकपा एमालेले ३ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

३ सिटका नेकपा एमालेबाट अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, महिलामा गोरखाकी सम्झना देवकोटा र अल्पसंख्यक/अपांगमा मुस्ताङका हेमन्त शेरचनले राष्ट्रिय सभामा मनोनयन दर्ता गराएका हुन् ।

दोस्रो ठूलो दल नेकपा एमालेबाट गण्डकी प्रदेश सभामा २२ जना सदस्य छन् । जसको मतभार १ हजार १६६ हुन्छ । स्थानीय तहतर्फत एमालेले नगर प्रमुख ८, उपप्रमुख ९ र गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष २४ गरी ६८ जना निर्वाचित छन् । जसको मतभार १ हजार २९२ हुन आउँछ ।

प्रदेश सभा सदस्य र स्थानीय तहको कुल मतभार २ हजार ४५८ छ । एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपाली फरार छन् र एमालेबाट निलम्वित पनि छन् । उनी मत हाल्न अनुपस्थित हुँदा प्१९ मतभार घटाउँदा एमालेको पक्षमा २ हजार ४३९ मतभार छ ।

अहिले सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको उपस्थिति छ । यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा नेपाली कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८२७ मतभार गठबन्धनको पक्षमा आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?