 
																			२४ पुस, विराटनगर । कोशी प्रदेशको सभामुखका लागि राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिने भएका छन् ।
सत्ता गठबन्धले यसअघि नै राप्रपालाई सभामुख दिन सहमत भइसकेकोले राप्रपाले विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राप्रपाको मंगलबार बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए ।
एमालेले पनि सभामुखमा उम्मेदवारी दिनेनदिनेबारे छलफल गरिरहेको छ । सत्ता गठबन्धनले राप्रपाका विष्टलाई उम्मेदवार बनाउने भएपछि एमाले अलमलमा छ ।
एमालेले उम्मेदवारी नदिए सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुनेछन् । यो पनि सम्भावना छ ।
सभामुखको निर्वाचन दिउँसो ३ बजेका लागि तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4