+
+

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो बोनस सेयर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १०:२४

२५ पुस, काठमाडौं । नयाँ जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको १२६ औं सञ्चालक समिति बैठकले सेयरधनीका लागि १६ प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनार्थ ०.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

उक्त बोनस सेयर बीमा प्राधिकरणको स्वीकृति तथा वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । कम्पनीको हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ५५८ रुपैयाँ छ ।  गत साउन २३ गते मात्रै कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरी ३१ गते बाँडफाँट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?