+
+

प्रधानमन्त्री क्रिकेट प्रतियोगिताका लागि बागमतीको टिम घोषणा, शरद टिममै अटाएनन्

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १४:०१
रित गौतम ।

२५ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि बागमती प्रदेशले टिम घोषणा गरेको छ ।

रित गौतमको कप्तानीमा बागमतीले १४ सदस्यीय टिम घोषणा गरेको हो । रितले पहिलो पटक राष्ट्रिय प्रतियोगितामा बागमतीको कप्तानी गर्न लागेका हुन् ।

अनुभवी खेलाडी शरद भेषवाकरले भने टिममा स्थान बनाउन सकेनन् । एपीएफ क्लबबाट यसै सिजन अलग्गिएका शरदले काठमाडौं जिल्लाबाट छनोट खेलेका थिए ।

बागमतीको टिमका कप्तान रितले नेपालको लागि यू–१९ टिमबाट खेलेका थिए । त्यस्तै सिनियर टिमका प्रतिश जिसी, सूर्य तामाङ र इशान पाण्डे  टिममा छन्  ।

राउन्ड रोबिनमा हुने प्रधानमन्त्री कप यस पटक ३ वटा खेल स्थलमा हुने । त्रिवि क्रिकेट मैदान कीर्तिपुर, मूलपानी क्रिकेट मैदान र भैरहवाको रंगशालामा गरी कुल ४६ वटा खेल हुने यस प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागी हुनेछन् ।

बागमतीको प्रधानमन्त्री कप खेल्ने टिम :

रित गौतम (कप्तान), अशुतोष घिरैया, इशान पाण्डे, रविन जोशी (विकेट किपर), विवेक राना मगर, प्रतिक श्रेष्ठ, प्रतिश जिसी, सूर्य तामाङ, क्रिजन गुरुङ, रिजन ढकाल, गौतम केसी, अशोक पौडेल, सोनु देवकोटा र विपिन आचार्य

वैकल्पिक खेलाडी : सन्देश कार्की, गौरव खड्का (विकेटकिपर), दिपेश श्रेष्ठ र कृष कार्की
प्रशिक्षक : क्लाम अली
टेक्निकल एनालिस्ट : राजन शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?