+
+

‘लिटल बुद्ध’को ऐयासी जीवन

आफूलाई लिटल बुद्ध बताउने र बाल यौन दुराचार, हत्या र ठगी घटनाको आरोप लागेका रामबहादुर बम्जन महँगो ल्यान्डक्रुजर गाडी चढ्ने तरखरमा थिए । व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा बोक्दा रहेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १४:३८

२५ पुस, काठमाडौं । १७ देशका मुद्रा, तीन करोड तीन लाख ७५ हजार त नेपाली रुपैयाँ मात्रै । आफूलाई लिटल बुद्ध बताउने र बाल यौन दुराचार, हत्या र ठगी घटनाको आरोप लागेका रामबहादुर बम्जन महँगो ल्यान्डक्रुजर गाडी चढ्ने तरखरमा थिए । व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा बोक्दा रहेछन् ।

बुधबार सीआईबीले सार्वजनिक गरेको तथ्यहरुले बम्जनको विलासी जीवन प्रतिबिम्बित गर्छ । उनले कमाएको सम्पत्तिको कुनै स्रोत खुलेको भेटिंदैन, जबकि ५ करोडको गाडी किन्नका लागि उनले धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ एड्भान्स बुझाइसकेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ ।

बाराको हलखोरियामा २०७१ साउनमा आफू बम्जनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिए पनि कारबाही चल्न सकेको थिएन । पाँच वर्षपछि २०७६ माघमा बल्ल जिल्ला अदालत सर्लाहीले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

शक्तिकेन्द्रहरुलाई प्रभावित पारेर बारा, सिन्धुली लगायत ठाउँमा सार्वजनिक सम्पत्ति ओगटेर रजगज चलाइरहेका उनी केही समययता बेपत्ता जस्तै थिए ।

मंगलबार बूढानीलण्ठस्थित घरबाट बम्जन पक्राउ पर्दा प्रहरीले बरामद गरेको सामान बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सीआईबीका अनुसार बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेका थिए । रामबहादुर बम्जन कम्तीमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको थियो ।

उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको प्रहरीले जानकारी दिएको छ ।

उनको साथबाट २ वटा ल्यापटप र ५ वटा आईप्याड तथा ट्याब पनि प्रहरीले बरामद गरेको छ ।

 

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?