+
+

कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते ८:४१

२६ पुस, धनगढि । कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत फेला परेका छन् ।

भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्का मोटरसाइकलसहित आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले म१प ४८५२ नम्बरको मोटरसाइकल चढेका खड्का आज बिहान मृत भेटिएको बताए ।

उनकाअनुसार वडाध्यक्ष थापा दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?