+
+

टीआरसी विधेयकमा एमाले : सहमति नजुटे बहुमतीय प्रक्रियाबाट जाऔं

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते ९:४६

२६ पुस, काठमाडौं । नेकपा एमालेले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी) लाई सकेसम्म सहमतिबाट र नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउन प्रस्ताव गरेको छ ।

आजको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले उक्त प्रस्ताव राखेका हुन् । ‘यी विषयहरु हामी सहमतिमा टुंग्याउन सक्छौं, यदि भएन भने बिल निर्माणको आफ्नै प्रक्रिया छ । प्रक्रियामा हामी र हाम्रा भनाइहरु रहन्छन् । यो कुरा म फेरि पनि भन्न चाहन्छु’, उनले भने । अघिल्लो बैठकमा पनि बर्तौलाले यसै कुरामा जोड दिएका थिए ।

विधेयक निर्माणको प्रक्रिया अनुसार एमाले अगाडि बढ्ने तर त्यसमा एमालेले अवरोध नगर्ने उनको भनाइ थियो । एमालेले अवरोध गरिराखेको छ भनेर प्रचार नगरिदिन पनि उनले आग्रह गरे ।

‘विधेयक निर्माणको प्रक्रियामा हामीले हाम्रा विषय राख्छौं होला तर एमालेले रोकिराख्या छ भनेर जे प्रचार गर्न खोजिएको छ त्यो गलत हुन्छ’, उनले भने । आफूहरु प्रमुख प्रतिपक्षी दल भएकाले आफूहरुले देशका, जनताका, पीडितका र समग्र शान्ति प्रक्रियाको विषय उठाएको भन्दै उनले त्यसलाई विधेयक निर्माणमा अवरोध गरेको भनेर नबुझ्न उनको आग्रह छ ।

तर विगतमा टाउकाको मूल्य तोक्ने र तोकिमाग्नेहरु सरकारमा रहेकाले मिलिजुली कानुन बनाए भन्ने सन्देश नजाओस् भन्नेतर्फ आफूहरु सचेत रहेको उनले बताए । ‘मान्छेहरुलाई के नपरोस् भने हिजो टाउकाको मूल्य तोकिदिने र तोकिपाउने दुवै जना सरकारमा हुनुहुन्छ । मिलिजुली कानुन बनाए, भनेर बाहिर समाजमा नजाओस् भन्ने कुरामा हामी सचेत छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?