+
+

राष्ट्रिय सभामा सत्ता गठबन्धनका उम्मेदवार जिताउन बागमती प्रदेश समन्वय समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते ११:२४

२७ पुस, काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय सभाका उम्मेदवार प्रदेश तहमा पनि निर्वाचन समन्वय समिति बनाउन सुरु गरेको छ ।

राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै प्रदेश र जिल्लामा समन्वय समिति बनाउने केन्द्रीय निर्णय अनुसार बागमतीमा समन्वय समिति गठन गरिएको छ ।

बागमतीमा तीन सदस्यीय समन्वय समिति गठन गरिएको छ । एकीकृत रुपमा चुनावी समन्वय गर्न कांग्रेस प्रदेश सभापति इन्द्र बहादुर बानियाँको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यमा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र एकीकृत समाजवादीको प्रदेश अध्यक्ष सावित्रा भुसाल छन् ।

प्रदेश सभा भित्रका सदस्यहरुलाई समन्वय गर्ने गरी अर्को समन्वय समिति गठन गरिएको छ । उक्त समितिको संयोजक बागमती प्रदेशका मुख्यमन्त्री शािलकराम जम्कट्टेललाई जिम्मेवारी दिइएको छ । उक्त समितिको थप सदस्यहरुमा कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामा र एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण खनाललाई जिम्मेवारी दिइएको छ ।

प्रदेश भित्र रहेका महानगर, उपमहानगर र नगरपालिकाका पालिकाका प्रमुख तथा उप प्रमुखसँग समन्वय गर्न नगरपालिका महासंघका बागमती प्रदेश अध्यक्ष उपेन्द्र कार्कीलाई जिम्मेवारी दिइएको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि समन्वय गर्न गाउँ पालिका महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापा मगरलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?