+
+
फ्राइडे रिलिज :

हलमा लागे तीन नेपाली र दुई भारतीय फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते ११:५८

काठमाडौं । शुक्रबार नेपाली हलमा पाँच फिल्म रिलिज भएका छन् । जसमा कथानकदेखि वृत्तचित्रसम्म छन् । दर्शकलाई रुचिअनुसारका जनरामा फिल्म हेर्ने सुविधा यो साता उपलब्ध छ ।

तीन नेपाली फिल्म र दुई विदेशी प्रदर्शनमा आएका छन् । राजन कठेत र सुनिर पाण्डे निर्देशित फिल्म ‘ढोरपाटन’ फिचर डकुमेन्ट्री हो । बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको कथावस्तुमा बनेको यो फिल्मको लम्बाइ ७९ मिनेट छ । सिने द सेफ मल्टिप्लेक्सले यो फिल्म प्रदर्शनमा ल्याएको छ ।

तपाईंलाई डकुमेन्ट्री विधाका फिल्ममा रुचि छ भने ‘नो विन्टर होलिडेज : ढोरपाटन’ रुचिकर हुनसक्छ । यसमा रतिमा विश्वकर्मा र कलिमा विश्वकर्माको शीर्ष भूमिका छ ।

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । बाबुछोरीको सम्बन्धको कथा पेश गर्ने यो फिल्ममा अर्पण थापा, शुभेच्छा खड्का, सन्तोष अधिकारी र मेनुका प्रधानको शीर्ष भूमिका छ ।

दीपक श्रेष्ठ निर्देशित रोमान्टिक ड्रामा ‘पर्खिबसें तिमीलाई’ पनि शुक्रबार रिलिज भएको छ । किरण श्रेष्ठ, रक्षा बुढाथोकी, शिव श्रेष्ठ, सुनिता श्रेष्ठको यसमा शीर्ष भूमिका छ ।

श्रीराम राघवन निर्देशित ‘मेरी क्रिसमस’मा विजय सेतुपति र कट्रिना क्याफको शीर्ष भूमिका छ । ड्रामा–थ्रिलर जनरामा राखिएको यो फिल्मले क्रिसमसअघि भेट भएका दुई अपरिचितको सम्बन्ध अघि बढ्दै जाँदा आउने कथानक घुम्ती यसको विशेषता हो ।

अरुण माथिश्वारन निर्देशित दक्षिण भारतीय फिल्म ‘क्याप्टेन मिल्लर’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । एक्सन, एड्भेन्चर र ड्रामा जनरामा राखिएको यो फिल्ममा धनुष, शिव राजकुमारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?