+
+

सन्दीप जोराको शतकमा एपीएफले बागमतीलाई दियो २४२ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १३:२५

२९ पुस, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सन्दीप जोराको शतकीय पारीमा एपीएफले बागमतीलाई २४२ रनको लक्ष्य दिएको छ ।

एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ११२ को शतकीय पारी खेले ।

उनले ११७ बलमा ७ चौका ५ छक्का प्रहार गर्दै अन्तिम ओभरमा रन आउट हुन पुगे । ४१ रनमा पाँच विकेट गुमाएको एपीएफको धरमर ब्याटिङलाई सन्दीप जोराले सम्हालेका हुन् ।

उनले लोकेश बमसँग ६६ रनको साझेदारी गरे । अमर रौतेलासँग ६८ रनको साझेदारी गरे । ओपनर प्रज्वल शाही १० र आसिफ शेख १५ रनमा आउट भए । लोकेश बम २७, भुवन काकीए १०, अमर रौतेलाले २२ रन बनाए ।

अभिनाश बोहोरा १८ रन र श्याम-मौसम) ढकाल एक रनमा अविजित रहे ।

बागमतीका लागि सूर्य तामाङले सार्वधिक तीन विकेट लिए । प्रतिश जिसी, रिजन ढकालले दुइै/दुई विकेट लिए । सोनु देवकोटाले एक विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?