+
+
प्रधानमन्त्री कप क्रिकेट :

हिमान्शु शाहीको अर्धशतक मद्दतमा कर्णालीको जित, गण्डकीको दोस्रो हार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १६:०३
हिमान्शु शाही ।

२९ पुस, भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको हो । आफ्नो पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित गण्डकीको यो लगातार दोस्रो हार हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीको सुरुवात नै राम्रो भएन । २२ रन बनाउँदा ५ विकेट गुमाएका भए पनि पुछारका ब्याट्सम्यानले टिकेर ब्याटिङ गरेपछि गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।

गण्डकीका लागि कमल परियार र अमृत गुरुङले समान २१ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका कमलले ४४ बलमा २ चौका प्रहार गरेका हुन् । सातौं नम्बरका ब्याटर अमृतले ५४ बलमा २ चौका नैहानेका थिए ।

छैटौं ब्याटर अश्वानी रानाले १६ रन बनाए । कप्तान विपिन खत्रीले १० रन बनाए । चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा अविजित रहे ।

कर्णालीका लागि अनसज चनारा, दिनेश अधिकारी, दिपेन्द्र रावतले समान २/२ विकेट लिए । प्रकाश जैशी, दिवान पुन र रविन्द्र रावतले १/१ विकेट लिए ।

१२३ रनको लक्ष्य कर्णालीले ३३.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

कर्णालीका लागि ५३ रन बनाएका हिमान्शुले ७१ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ओपनर रविन्द्र शाहीले २० रन बनाए । ओपनर निश्चल रावल २९ र अर्जुन घर्ती १० रनमा अविजित रहे ।

गण्डकीका लागि अंकित न्यौपानेले २ विकेट लिए । कप्तान विपिन खत्रीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?