
२९ पुस, काठमाडौं । गायक ईन्द्र कार्की र चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा ‘बुलेट पड्काउँदै’ गित सार्वजनिक भएको छ ।
स्वयम् कार्कीकै शब्द रचना रहेको उक्त गितमा उनलाई समिक्षासँगै रमन थामी, सडज लिम्बु, सुन्दर लामा, निर्मला घिसिङ्ग, लक्ष्मी स्याङ्ताङ्ग, निर्मल गदाल लगायतले कोरसमा साथ दिएका छन् ।
भिमफेदी गाईज टिमको र आभा थापाको अभिनय रहेको सो गित भिमफेदी गाईज अफिसियल युट्युब च्यानलमार्फत सार्बजनिक भएको हो ।
त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गितको संगीत तथा सङ्गीत संयोजन सुन्दर लामाले गरेका हुन् । पवन सुसलिङको छायांकन तथा सम्पादन रहेको सो भिडियोलाई निर्मल लामा (बिजी) ले निर्देशन गरेका हुन् ।
२०५३ सालमा उदयपुरको बाराहा गाविस हाल लिम्चुङ्गबुङ गाउंपालिकामा जन्मिएका गायक कार्की लामो समयदेखि नेपाली गित–संगित क्षेत्रमा साधनारत छन् । यस अघि उनले, ‘आफू त गाउँले अल्लारे, सलल बग्ने कोशीको पानी, ऐंसेलु दानाले’ लगायत आधा दर्जन गीत बजारमा ल्याइसकेका छन् ।
प्रतिक्रिया 4