+
+

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १८:१४

२९ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । ३ माघमा केन्द्रीय समितिको बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरुको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुने महामन्त्री ढकालले जानकारी गराए । बैठकमा विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ ।

रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको रास्वापाले जनाएको छ ।

पदयात्रा गरिने आयोजना र त्यसका लागि खटिने केन्द्रीय नेताको चयन भने केन्द्रीय समितिको बैठकले निर्णय लिने भएको छ ।

‘पदयात्रामा कहाँ को नेता जाने बारे छलफल पार्टीभित्र चलिरहेको छ । त्यसको औपचारिकता केन्द्रीय समिति बैठकबाट गर्नेछौं,’ महामन्त्री ढकालले भने ।

रास्वपा विधान अनुसार हरेक ४५ दिनमा केन्द्रीय समिति बैठक बोलाउनुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?