+
+

राष्ट्रिय सभा चुनावका लागि गण्डकीमा गठबन्धनले बनायो प्रचार समिति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १९:३७

२९ पुस, पोखरा । सत्तारुढ गठबन्धनमा रहेका दलले राष्ट्रिय सभाको चुनावका लागि गण्डकीमा विभिन्न समिति गठन गरेको छ ।

कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा प्रचार प्रसार मुल समिति बनाएको छ ।

त्यस्तै कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा निर्वाचन व्यवस्थापन उपसमिति गठन गरेको छ । गठबन्धन दलले ११ वटै जिल्लामा पुगेर मतदातासँग भेट्ने कार्यक्रम बनाएको छ ।

गण्डकीमा नेपाली कांग्रेसबाट किरणबाबु श्रेष्ठ र पदबहादुर परियार तथा माओवादीका तर्फबाट मनरुपा शर्मा सुवेदी उम्मेदवार छन् ।

माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पालिका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्यले मत हाल्ने छन् । निर्वाचन आयोगले पालिका प्रमुख उपप्रमुखको १९ र प्रदेश सभा सदस्यको ५३ मतभार तोकेको छ ।

गण्डकीमा सत्ता गठबन्धनमा रहेका दलका मतदाताको मतभार ३ हजार ८२७ छ भने एमालेका मतदाताको २ हजार ४३९ छ । राप्रपाको १०६ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?