+
+

माओवादीले विधान अधिवेशनसम्म प्रदेश इञ्चार्ज नफेर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १८:४२

२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको विधान अधिवेशनसम्म प्रदेश इञ्चार्जहरूको जिम्मेवारी यथावत राख्ने भएको छ ।

पार्टीको स्थायी समिति बैठकले फागुन पहिलो साताका लागि तोकिएको विधान अधिवेशनसम्म हाल प्रदेशको जिम्मेवारी तोकिएका नेताहरूलाई सोही क्षेत्रमा रहेर काम गर्न निर्देशन दिएको हो ।

माओवादी केन्द्रमा वर्षमान पुनलाई विशेष प्रदेश, चक्रपाणि खनाललाई कोशी, लीलामणि पोख्रेललाई मधेश, जनार्दन शर्मालाई वागमती, देवेन्द्र पौडेललाई गण्डकी, हितमान शाक्यलाई लुम्बिनी, मात्रिका यादवलाई कर्णाली, डिलाराम आचार्यलाई सुदूरपश्चिम गिरिराजमणि पोख्रेलाई उपत्यका सम्र्पक समन्वय र राम कार्कीलाई प्रवास प्रदेश इञ्चार्जको जिम्मेवारीमा छन् ।

माओवादी केन्द्रको स्थायी समिति बैठकले जिल्ला इञ्चार्ज र अन्य केन्द्रीय सदस्यहरूलाई अभियानभन्दा पहिलेको यथास्थानको जिम्मेवारीमा पठाउने निर्णय गरेको छ ।

कतिपय जिम्मेवारीहरू फेरबदल गर्नुपर्ने भएमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरुको बैठकबाट निर्णय गरी जिम्मेवारी तोक्न र केन्द्रीय कार्यालयलाई जानकारी गराउन माओवादी केन्द्रले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?