+
+

२२ सय नाघेर ओर्लियो सेयर बजार, पौने १० अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १५:१२

३ माघ, काठमाडौं । बुधबार कारोबार भइरहँदा २२ सय अंक नाघेको सेयर बजार अन्ततः घटेको छ । दिउँसो १२ : ५७ बजे २२१५ अंक पुगेको बजारको परिसूचक नेप्से कारोबार बन्द हुँदा भने २१६३ अंकमा झरेको छ । बुधबार अघिल्लो दिनको तुलनामा नेप्से १२.१० अंक घटेको हो ।

समग्र बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब २ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७६ करोडको कारोबार भयो । ६३ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ४ को स्थिर रह्यो ।

बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्यबाहेकका सबै समूह घटे । बैंकिङ ४, विकास बैंक ८, माइक्रोफाइनान्स ११ र अन्य समूह ३२ अंक बढे । फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै घटे ।फाइनान्स समूह ३.५ र हाइड्रोपावर समूह २.८ प्रतिशत घटे । अंकका आधारमा फाइनान्स ६७, होटल तथा पर्यटन ८०, हाइड्रोपावर ७७, जीवन बीमा १३२, उत्पादन १२०, निर्जीवन बीमा ३२ र ब्यापार समूह ४७ अंक घटे ।

३ कम्पनी ग्लोबल आईएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै माथिल्लो तामाकोसीको ६.९, स्वरोजगार लघुवित्तको ६.४, मोलुङ हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो ।

३ कम्पनीको मूल्य १० प्रतिशत घट्यो । १० प्रतिशत मूल्य घटेका कम्पनीमा इस्टर्न हाइड्रोपावर, भूगोल इनर्जी, मुक्तिनाथ कृषि कम्पनी छन् । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी र निफ्रा क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?