+
+

तक्मे बुढाको ‘लाउरे एण्ड दाउरे’मा विजय बराल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १७:५६

काठमाडौं । विल्सनविक्रम राई ‘तक्मे बुढा’ले निर्माण गर्न लागेको फिल्म ‘लाउरे एण्ड दाउरे’मा अभिनेता विजय बराल अनुबन्धित भएका छन् ।

विजयलाई प्रमुख भूमिकामा अनुबन्धित गरिएको निर्माता राईले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार फिल्ममा विजय अहिलेसम्मकै भिन्न भूमिकामा देखिनेछन् ।

यो फिल्ममा यसअघि दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन् । अभिनेत्रीबारे निधो भइनसकेको विल्सनले बताए । दयाहाङ, विजय र बुद्धि कबड्डी सिरिज हिट भएपछि प्रायः एउटै फिल्ममा एकसाथ देखिंदै आएका छन् ।

विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन विल्सन स्वयंले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ ।

यसअघि केही प्रोजेक्ट बनाउन अन्य ब्यानरसँग सहकार्य गरेको तक्मे प्रोडक्सनले ‘लाहुरे एण्ड दाउरे’को निर्माण भने एक्लै गर्नेछ । फिल्मको निर्मातामा सरिना लामा छिन् । फिल्मको संगीत अनमोल गुरुङले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?