+
+
Shares

चन्द्रागिरि-चित्लाङ सडकलाई बजेट व्यवस्था हुन्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १८:४६
फाइल तस्वीर

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति गर्न बजेट व्यवस्थापन हुने बताएका छन् ।

गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमा बजेट अभावका कारण दैनिक हजारौंले जोखिम मोलेर यात्रा गर्नुपरेको भन्दै मकवानपुरका नेताहरूले ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्ष (आव) मै बजेट व्यवस्थापन हुने विश्वास दिलाए ।

बुधबार नेकपा एमालेका सचेतकसमेत रहेका उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश बर्तौला नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका नेताहरूले सामूहिक भेट गर्दै समस्या समाधान हुनुपर्ने बताएका थिए ।

बर्तौलासहित पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारी, संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी, कांग्रेस नेता जयराम लामिछाने, थाहा नगरपालिका मेयर विष्णु विष्ट, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीलगायतले प्रधानमन्त्रीलाई भेटेर बजेट माग गर्दै धरापमुक्त सडक बनाउनुपर्ने बताएका हुन् ।

‘हामीले चालु आवमै १० करोड बजेट माग गरेका छौं । यस्तै बहुवर्षीय योजनाका रूपमा काम गर्न ४० करोडबराबर स्रोत सुनिश्चितता गराउन अनुरोध गरेका छौं,’ सांसद बर्तौलाले भने ।

प्रधानमन्त्री दाहालले चित्लाङ सडकको महत्वबारे जानकारी रहेको भन्दै सरकारले आवश्यक बजेट उपलब्ध गराउने जानकारी दिएको पनि बर्तौलाले बताए ।

‘हामीले चन्द्रागिरिको बाटोबारे भन्दा उहाँले आफूलाई पनि उक्त विषय थाहा भएको बताउनुभएको थियो, प्रधानमन्त्री बजेट दिने कुरामा सकारात्मक देखिनुभएको छ,’ बर्तौलाले भने ।

गत शनिबार काठमाडौंबाट थानकोट–चन्द्रागिरि हुँदै चित्लाङ गइरहेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो । डिभिजन सडक कार्यालय काठमाडौंले हेर्दै आएको उक्त सडकमा बजेट अभावका कारण कालोपत्र र मर्मत हुन सकेको छैन ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?