+
+

ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती मागेको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १८:५६

३ माघ, चितवन । विभिन्न नम्बरबाट फोन गरेर १५ लाख नदिए सुट गरेर हत्या गर्छु भनेर धम्काएको आरोपमा चितवन प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको असुरैना वडा नं. १ घर भई भरतपुर महानगरपालिका वडा नं. १ मा व्यवसाय गरेर वस्ने करन गुप्तालाई बारम्बार  फोन गरेर रकम  मागेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-२१ बस्ने २७ वर्षका सरोज सुनार, भरतपुर महानगरपालिका-१ का २६ वर्षीय दिपक वि.क.भरतपुर महानगरपालिका-२६ बस्ने वर्ष २५ को सागर बि.क. रहेका छन् । उनीहरुलाई प्रहरीले १५ लाख रकम दिने भन्दैं लोभ्याएर पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले फिरौती रकम दिन लगाएर उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?