+
+

भारतबाट ट्‍वेल्थ फेल, कन्ट्री अफ ब्लाइण्ड र २०१८ पनि ओस्कारमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १२:२२

काठमाडौं । एकेडेमी अवार्ड अर्थात् ओस्कार-२०२४ को बारेमा चर्चा सुरु भएको छ । यस वर्ष भारतका धेरै फिल्म अवार्डको दौडमा छन्, जसमध्ये एक हो विक्रान्त मेसीको ‘ट्वेल्थ फेल’ ।

विधुविनोद चोपडा निर्देशित उक्त फिल्मसहित हिना खानको ‘कन्ट्री अफ ब्लाइन्ड’ र मलयालम स्टार तथा निर्माता टोभिनो थोमसको फिल्म ‘२०१८’ पनि ओस्कार अवार्डका लागि दाबेदार रहेका २६५ फिल्ममा परेका छन् ।

अहिले ओस्कारका लागि २६५ फिल्मको दौडमा भारतका तीन फिल्म ‘ट्‍वेल्थ फेल’, ‘कन्ट्री अफ ब्लाइन्ड’ र ‘२०१८’ ले आफ्नो बलियो स्थान बनाएका छन् । यी २६५ फिल्मको सूची द हलिउड रिपोर्टरले सार्वजनिक गरेको छ ।

आगामी साता ओस्कारको मनोनयन सार्वजनिक हुनेछ । जसका लागि भारतीय फिल्मले पनि इन्ट्री गरेका छन् । ओस्कारको सर्वश्रेष्ठ फिल्म विधामा यसपटक ‘ओपेनहाइमर’, ‘बार्बी’ र ‘किलर्स अफ द फ्लावर मुन’ जस्ता बलिया हलिउड फिल्म मनोनित हुने सम्भावना छ । किनभने यी फिल्मले गोल्डेन ग्लोब्स र क्रिटिक्स च्वाइसजस्ता अवार्डमा सफलता प्राप्त गरिसकेका छन् ।

यो खबरमा प्रतिक्रिया दिंदै ‘२०१८’ की निर्देशक हिना खानले भोटिङका आधारमा फिल्म ओस्कारका लागि छनोट हुनु आफैंमा ठूलो उपलब्धि भएको बताइन् । उनले भनिन्, ‘ओपेनहाइमर र बार्बी जस्ता फिल्मसँगै यो सूचीमा पर्न पाउनु हाम्रो फिल्म कन्ट्री अफ ब्लाइन्डका लागि ठूलो उपलब्धि हो । यो सम्पूर्ण टिमका लागि गौरवको क्षण हो ।’

‘कन्ट्री अफ ब्लाइण्ड’ एक हजार फिट अग्लो भीरबाट खसेर दृष्टिविहीन मानिस मात्र बस्ने उपत्यकामा पुगेका पर्वतारोहीको कथा हो । यस फिल्ममा हिना खान, शोएब निकास शाह, अनुष्का सेन, नमिता लाल, प्रद्युम्न सिंह, मल्ल इनामुलहक र जितेन्द्र राईको अभिनय छ । यो फिल्म गत वर्ष अक्टोबरमा अमेरिकाका १३ थिएटरमा रिलिज भएको थियो ।

यसबाहेक ‘ट्वेल्थ फेल’ वास्तविक कथामा आधारित फिल्म हो । यसमा आईपीएस अफिसर मनोज कुमारको कथालाई चित्रण गरिएको छ, जसमा चम्बलको एउटा गाउँमा बस्ने एक केटा १२ कक्षामा फेल भएर कसरी आईपीएस बन्छन् भन्ने देखाइएको छ । यस फिल्ममा विक्रान्त मेसी शीर्ष भूमिकामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?