+
+

‘अनर एक्स९बी’ नेपालमा भित्र्याउँदै सेलट्रोन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १३:२९

काठमाडौं । सेलट्रोन नेपाल प्रालिले चाँडै ‘अनर एक्स९बी’ नेपाली बजारमा भित्र्याउने भएको छ । जनवरी महिनाभित्रैमा ‘अनर एक्स९बी’ नेपाल भित्र्याउने घोषणा कम्पनीले गरेको हो ।

‘द अनब्रेकेबल स्मार्टफोन’ ट्यागलाइनको साथ ‘अनर एक्स९बी’ बलियो डिस्प्लेका लागि विश्व भरि प्रख्यात रहेको र यसलाई एसजीएसबाट ५ स्टार प्रदान गरिएको कम्पनीले बताएको छ ।

‘अनर एक्स९ए’ भन्दा क्यामेरा, ब्याट्री लगायत अन्य पक्षहरूमा ‘अनर एक्स९बी’ मा अपग्रेड गरिएको कम्पनीले बताएको छ।

यसबाहेक अन्य विशेषता यस्ता छन् :

डिस्प्ले र डिजाइन

‘अनर एक्स९बी’ मा अनर अल्ट्रा-बाउन्स एन्टी-ड्रप प्रविधि समावेश भएको छ । जसले स्मार्टफोन क्षेत्रमै पहिलो पटक एसजीएसबाट ५ स्टार रेटिङ पनि पाएको छ ।

अनर अल्ट्रा-बाउन्स एन्टी-ड्रप डिस्प्लेले उन्नत कुसनिङ टेक्नोलोजी प्रयोग गर्दछ, जसले झटका अवशोषण क्षमतालाई १.२ गुणासम्म बढाउँछ । बलियो डिस्प्ले भएको यो मोबाइललाई कुनै कारणवश उचाइबाट खसाल्दा वा झट्काहरु पर्दा समेत केही क्षति नहुने कम्पनीको दाबी छ ।

‘अनर एक्स९बी’ मा उत्कृष्ट विवरणका साथै एक स्लिक र आधुनिक सौन्दर्य डिजाइन देख्न सकिन्छ ।

यो मोबाइल विशेष गरी सनराइज ओरेन्ज, इमराल्ड ग्रीन र मिडनाइट ब्ल्याक गरी तीन कलरमा उपलब्ध रहेको र सनराइज ओरेन्ज यसको ब्याक साइडमा भेगन लेदरको साथ उपलब्ध हुने कम्पनीले बताएको छ ।

क्यामेरा

‘अनर एक्स९बी’ मा १०८ एमपी अल्ट्रा-क्लियर क्यामेरा, ५ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा गरी ट्रिपल क्यामेरा रहेको कम्पनीले बताएको छ।

क्यामेराले ३एक्स जुम र उत्कृष्ट गति क्याप्चर इन्जिनको साथ उच्च अप्टिकल गुणस्तर पनि प्रदान गर्दछ । जसले गर्दा ‘अनर एक्स९बी’ ले आकर्षक विवरणहरू सहित स्पष्ट स्न्यापसटहरू समेत लिन सकिन्छ । सेल्फीका लागि भने १६ एमपी क्यामेरा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

ब्याट्री

‘अनर एक्स९बी’ टिकाउ र लामो समयसम्म चल्ने ५८०० एमएएच ब्याट्री रहने भएकोले एक पटकको चार्जबाट ३ दिनसम्म पावर टिक्न सक्छ । जसले गर्दा प्रयोगकर्तालाई भरपर्दो प्रदर्शन र चिन्तामुक्त अनुभव प्रदान गर्दछ । चार्जिङका लागि ३५ वाटको चार्जर उपलब्ध हुने भएकोले मोबाइल चाँडै चार्ज हुन्छ।

पर्फर्मेन्स

Qualcomm स्न्यापड्रागन ६ जेन १ मोबाइल प्लेटफर्ममार्फत सञ्चालित, अनर एक्स९बीले जीपीयू कार्यसम्पादनमा ३५ प्रतिशत वृद्धि र सीपीयू दक्षतामा ४० प्रतिशत वृद्धिको साथ उत्कृष्ट फ्ल्यागसीप क्षमताहरू प्रदान गर्दछ ।

एन्ड्रोइड १३ मा आधारित नवीनतम म्याजिकओएस ७.२ मा सञ्चालित हुने, ‘अनर एक्स९बी’ले थप सुविधाजनक अनुभव पनि प्रदान गर्नु को साथै (१२+२५६)जीबी भेरियेन्टमा उपलब्ध हुने भएकाले स्टोरेजको पनि चिन्ता लिनु पर्दैन ।

कति पर्छ मूल्य ?

कम्पनीका अनुसार ‘अनर एक्स९बी’ का लागि मूल्य निर्धारण अझै घोषणा गरिएको छैन । तर यो जनवरी महिना भित्र प्रि-बुकिङ सुरु हुने छ ।

ग्राहकहरुले यसलाई अफलाइन रिटेल स्टोरहरूबाट साथै दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्महरू पनि किन्न सक्नेछन् । आकर्षक प्रि-बुकिङ अफरका साथ प्रि-बुकिङका लागि उपलब्ध हुने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?