+
+

चिनियाँ टोलीसँग खेल्ने नेपाली युवा टिममा आयुष र मनिष पनि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १८:५०
आयुष घलान निलो जर्सीमा ।

४ माघ, काठमाडौं । चीनको किङ्घाई युथ फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपालको प्रारम्भिक राष्ट्रिय युवा टोली घोषणा भएको  छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार ३२ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

चिनिया नयाँ वर्षको अवसरमा आगामी फेब्रुअरी १० मा नेपाली राष्ट्रिय युथ टोली र चीनको किङ्घाई युथ फुटबल टिमबीच काठमाडौंको दशरथ रंगशालामा खेल हुनेछ ।

नेपाली टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका आयुष घलान, मनिष डाँगी, दिनेश हेन्जन, लकेन लिम्बु, उत्सव राई, छिरिङ लामा, सुमित श्रेष्ठ, योगेश गुरुङ लगायत खेलाडी छन् ।

यस्तै नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीहरु रोहन कार्की, सन्तोष खत्री, कुशल देउबा लगायत खेलाडी पनि टिममा छन् ।

नेपालमा रहेको चिनियाँ राजदूत, राष्ट्रिय खेलकुद परिषद (राखेप) को संयुक्त आयो जनामा दुई टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।

खेलको लागि  साधारण प्याराफिटतर्फत ३ सय र भीआईपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिसकिएको छ ।

प्रारम्भिक नेपाली टोली :

गोलकिपर : क्रिस्टल मोक्तान, जियारथ शेख, विशाल सुनार, पुजन होना, सन्तोष महत

डिफेण्डर : असिम भुसाल, पदम भट्टराई, एन्जल महर्जन, योगेश गुरुङ, सुमित श्रेष्ठ, छिरिङ लामा, विशाल बस्नेत, अश्बिन घोरासइनी, अजय चौधरी

मिडफिल्डर : प्रशान्त लक्षम, दिपेश गुरुङ, लकेन लिम्बु, रोहन कार्की, सन्तोष खत्री, उत्सव राई, मनिष डाँगी, चन्दन कुमार दास, अभिषेक गुरुङ

फरवार्ड : आयुष घलान, कुशल देउबा, दिनेश हेन्जन, आशिक बाबु चौधरी, दिपेश आले मगर, समिर तामाङ, सन्जिव विष्ट, सबिन लुंगेली मगर, निराजन धामी ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?