+

गण्डकीका कप्तान विपिनको किफायती बलिङ

२०८० माघ  ५ गते ८:५१ २०८० माघ ५ गते ८:५१
गण्डकीका कप्तान विपिनको किफायती बलिङ

५ माघ, काठमाडौं । गण्डकी प्रदेशका कप्तान विपिन खत्रीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हालसम्मकै उत्कृष्ट बलिङ गरेका छन् । उनले १० ओभर बलिङ गर्दै ४ मेडनसहित जम्मा ९ रन खर्चेर ३ विकेट लिएका हुन् ।

वायाँ हाते अर्थोडक्स स्पिनर विपिनले हालसम्म भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको रेकर्ड तोडेका हुन् । यसअघि यो रेकर्ड एपीएफ क्लबका तीव्र गतिका बलर कमल सिंह ऐरीको नाममा थियो । कमलले २०२१ को प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध १० ओभरमा ३ मेडनसहित ११ रन मात्र खर्चेर ४ विकेट लिएका थिए । उनको बलिङ इकोनोमी १.१० थियो ।

उक्त रेकर्ड विपिनले तोडेका छन् । उनले सुदूरपश्चिमसँगको खेलमा ०.९० को इकोनोमीमा बलिङ गरे । जुन प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको हालसम्मकै उत्कृष्ट बलिङ फिगर हो । उनी भन्छन्, ‘मलाई रेकर्ड भएको भन्ने थाहा थिएन । खेलिसकेर होटल फर्किएपछि मात्रै थाहा भयो । त्यहि भएर खासै केही खास अनभुव भएन ।’

घरेलुमा क्रिकेटमा राम्रो छाप बनाएका विपिनको टिमले भने हालसम्म एउटै खेल जित्न सकेको छैन । हाल टिममा १० जना एकपटक पनि राष्ट्रिय प्रतियोगिता नखेलेका नयाँ खेलाडी छन् ।

उनीहरुलाई अनुभवको कमीले गर्दा नतिजा निकाल्न नसकेको विपिनले बताए । ‘हाम्रो टिममा अहिले प्राय खेलाडी नयाँ छन् । टिमबाट खेल्ने ३ जना खेलाडी यू १९ विश्वकप जाँदा पनि टिम कमजोर देखिइरहेको छ ।’

गण्डकी प्रदेश विपिन खत्री

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय