+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

काठमाडौंमा राति जहाज राख्न नपाउने नियम कडा बनाइँदै, १६ जहाज बाहिर राख्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १५:०८
फाइल तस्वीर

५ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गरिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै वायुसेवा कम्पनीलाई काठमाडौंमा रात्रि बिसान नगरी मोफसलमा लैजान विमानस्थलले तोकिदिएको थियो ।

तर, कार्यान्वयन फितलो भएसँगै कडाइ गर्ने निर्णय गरिएको विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । ‘पत्राचार बेलाबेला गर्दै आएका थियौं,’ उनले भने, ‘तर, त्यसअनुसार कार्यान्वयन नभएको पाइएपछि अब कडाइ गर्न लागेका हौं ।’

महाप्रबन्धक तिवारीका अनुसार अहिले जहाज प्राविधिक कारण काठमाडौंमा रोक्नुपरेको, मौसमका कारण काठमाडौं फर्काउनुपरेको भन्दै बहाना बनाउने गरेका छन् ।

आगामी दिनमा जहाज टेक्निकल भएको भन्ने कम्पनीले ‘टेक्निकल लगबुक’ देखाउनुपर्ने छ । यसले जहाज साँच्चिकै प्राविधिक कारण बिग्रिएको वा बहाना बनाइएको भन्ने खुल्ने छ ।

प्राधिकरणले यो नियम कडाइ गरेसँगै बुद्ध एयरका नौ, श्री एयरलाइन्सका तीन र यती एयरलाइन्स, सीता एयर, नेपाल वायुसेवा निगम र तारा एयरका एक/एक जहाज रात्रि बिसानका लागि काठमाडौं बाहिरका विमानस्थल लैजानुपर्ने भएको छ ।

काठमाडौंमा जहाज पार्किङमा चाप हुँदा निम्तिन सक्ने जोखिम कम गर्ने र काठमाडौं बाहिरका जिल्लाका यात्रुलाई पहिलो उडानबाट काठमाडौं ल्याउन सहज हुने भएकाले समेत यस्तो निर्णय गर्नुपरेको महाप्रबन्धक तिवारीले जानकारी दिए ।

यसको कार्यान्वयनबाट बिहान काठमाडौंको आकासमा हुने अधिक चाप व्यवस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?