+
+

बलिदानी दिवसमा शहीद परिवारलाई ३ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १९:५५

५ माघ, जनकपुर । मधेश प्रदेश सरकारले शहीद परिवारलाई ३–३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

बलिदानी दिवसको अवसरमा मधेशी सहिद प्रतिष्ठानले शुक्रबार वीरगञ्जमा गरेको कार्यक्रममा ६३ जना सहिद परिवारलाई ३–३ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । १०५ जना घाइतेलाई अवस्था हेरेर १ देखि २ लाख रुपैयाँसम्म दिइएको गृह मन्त्री मोहम्मद समिमले जानकारी दिए ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेशलाई ४/५ टुक्रा पारेको भन्दै आक्रोश पोखेका छन् । ‘मधेश आन्दोलन केवल ८ जिल्लालाई मधेश प्रदेश बनाउन भएको थिएन । आन्दोलनको लक्ष्य समग्र मधेश एक स्वायत प्रदेश थियो’ यादवले भने ‘तर जब पुनरसंचना आयोग बन्यो, टुक्राटुक्रा बनाइयो ।’ पश्चिमका थारुले प्रदेश मागेपछि दुई प्रदेश स्वीकार गरेको भएपनि राज्यले षडयन्त्रपूर्वक ४/५ टुक्रा बनाएको उनले बताए ।

आठ जिल्लालाई मधेश प्रदेश बनाएको भन्दै उनले अघि भने, ‘हाम्रो लक्ष्य मेचीदेखि नारायणी, नारायणीदेखि महाकालीसम्मका मधेशीलाई मुक्ति दिलाउनु हो । त्यो त्यागेका छैनौं, त्याग्ने पनि छैनौं ।’

सिरहाको सन्हमैठामा आयोजना अर्को कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अझैपनि अधिकार नपाएको र विभेद कायमै रहेकाले आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन् ।

उनले पनि समग्र मधेश एक प्रदेशको लागि आन्दोलन हुँदा पनि आठ जिल्लामा सिमित गरिएको आक्रोश पोखे । २२–२४ जिल्लाको समग्र मधेश एक प्रदेशका लागि आन्दोलन भएको भन्दै उनले अपिघ भने, ‘तर ८ जिल्लामा सिमित गरियो । आन्दोलनका लागि हामी तयार हुनुपर्छ ।’

के हो बलिदानी दिवस ?

तत्कालीन मधेसी जनअधिकार फोरमले अन्तरिम संविधानको विरोध गर्दै माइतीघर मण्डलमा प्रतिलिपि जलाएका थिए । फोराका संयोजक उपेन्द्र यादव लगायतका नेताहरुलाई प्रहरीले पक्राउ गरेपछि सुरु भएको आन्दोलनका क्रममा ५ माघ २०६३ मा सिरहाको लहानमा रमेश महतो मारिए ।

स्कुले विद्यार्थी महतो मारिएपछि मधेशभर आन्दोलन चर्कियो । सरकारले वार्ता गरेर सम्झौता गर्‍यो । त्यसैले माघ ५ गतेलाई मधेश केन्द्रित दलले बलिदानी दिवसको रुपमा मनाउँँदै आएका छन् ।

संघीयतामा गएपछि मधेश प्रदेश सरकारको नेतृत्व जसपाले गर्दै आएको छ । सरकारले बलिदानी दिवसका दिन आन्दोनलमा मृत्यु भएकाहरुको परिवारलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?