+
+

त्रिवि उपकुलपति कप आजदेखि, भलिबलमा २७ क्याम्पसले प्रतिस्पर्धा गर्ने, बास्केटबलमा १९ टोली

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते ६:३९

६ माघ, काठमाडौं । त्रिवि उपकुलपति कप आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको आज एक समारोहकाबीच ललितपुरको जावलाखेलमा उदघाटन हुन लागेको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आयोजनामा हुने यो प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुनेछ ।

११ गतेसम्म चल्ने प्रतियोगितामा भलिबलसहित बास्केटबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबलटेनिस गरी ५ खेलको प्रतिस्पर्धा हुनेछ ।

उक्त खेलको शनिबार आयोजकले टाइसिट सार्वजनिक गरिसकेको छ । जसमा भलिबलतर्फ त्रिविअन्तर्गत रहेका देशका विभिन्न स्थानका २७ क्याम्पसले नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी बास्केटबलमा १९ टोली सहभागी छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ । ५ समूहमा २-२ तथा ३ समूहमा तीन/तीन टोली समावेश गरिएको छ । यसमा लिग चरणको खेलपछि प्रिक्वाटरफाइनल खेल हुनेछ ।

आजै जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भलिबलका खेल सुरु हुनेछन् । त्यसअघि उद्घाटन समारोह हुनेछ ।

बास्केटबल खेलहरु आजदेखि नै सुरु हुनेछन् र ११ गते फाइनल हुनेछ । बास्केटबलका खेलहरु कीर्तिपुर नगरपालिकाको कभर्डहलमा हुनेछ ।

ब्याडमिन्टनमा महिला सिंगल्स, पुरुष सिंगल्स, महिला डबल्स र पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन प्रतियोगिता त्रिभुवन विश्वविद्यालय, स्मृतिभवन हुनेछ।

यस्तै टेबलटेनिसमा महिला सिंगल्स र पुरुष डबल्स गरी दुई विधामा मात्र खेल हुनेछ । टेबल टेनिस प्रतियोगिता त्रिभुवन विश्वविद्यालय खेल विज्ञान भवन (पुरानो विद्यार्थी क्लव, त्रिवि सेवा आयोग अगाडि) हुनेछ ।

एथलेटिक्स प्रतियोगिता भने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला माघ १० गते बिहान ८ बजेदेखि हुने हुनेछ । एथ्लेटिक्समा सबैभन्दा धेरै खेलाडी सहभागी छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यही माघ चौथो साता युनिभर्सिटी कप खेलकुद आयोजना गर्न लागेको छ । त्यसैको तयारी स्वरुप विभिन्न क्याम्पसबाटै खेलाडीहरुको प्रतिभा पहिचान गर्ने उदेश्यले त्रिविले विभिन्न खेलको प्रतियोगिता गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?