+
+

गौतमको नेतृत्वमा लोक सञ्चारकर्मी नेपालको १५ सदस्यीय कार्यसमिति चयन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १२:४६

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नयाँ नेतृत्व पाएको छ । संस्थाको पाँचौं महाधिवेशनबाट चन्द्रमणि गौतमको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

वरिष्ठ उपाध्यक्षमा सुदर्शन आचार्य, उपाध्यक्षमा हरि दुलाल, सचिवमा कमल चौलागाईं, सहसचिवमा शिवराम भण्डारी, कोषाध्यक्षमा शरणप्रसाद हुमागाईं र सहकोषाध्यक्षमा कल्पना रेग्मी चयन भएका छन् ।

सदस्यमा गोपीकृष्ण चापागाईं, सविता पोखरेल, तुलबहादुर परियार, शिखरजंग श्रेष्ठ, करिश्मा केसी, विनिता कुँवर, बाबुराम सिग्देल र कविराज ढकाल चयन भएका छन् ।

अध्यक्ष चुनिएपछि गौतमले लोक सञ्चारकर्मीको हकहितका लागि काम गर्ने बताए । लोकगीतसँगै लोकसंस्कृति, सम्पदा, भेषभूषा, परम्परा र लोकसाहित्यका विधामा निरन्तर समाचार लेख्ने सञ्चारकर्मीलाई एकजुट बनाउन लागिपर्ने उनले बताए । साथै उनले लोक सञ्चारकर्मी कल्याणकारी कोषको पनि छिट्टै नै स्थापना गर्ने घोषणा गरे ।

संस्थाका निवर्तमान अध्यक्ष हरिबल्लभ नेपालले आफ्नो कार्यकालमा देशमा विभिन्न विपत्ति आएसँगै संस्थाले सोचेबमोजिम काम गर्न नसकेको बताए । संस्थापक अध्यक्ष गोविन्द गिरीले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । उनले अहिलेको समय डिजिटल दुनियाँमा धेरै अगाडि पुगिसकेको र समयसँगै पत्रकारिता गरिरहेका युवा नयाँ कार्यसमितिमा आएको भन्दै खुसी व्यक्त गरे ।

२०६५ सालमा तत्कालीन गोरखा एफएमका लोकगीत कार्यक्रमका प्रस्तोता समेत रहेका गिरीको अध्यक्षतामा नौ सदस्य कार्यसमिति गठन गरी संस्था स्थापना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?