+
+

आदिवासी जनजातिसम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था हुनुपर्छ : रामबहादुर थापा मगर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १७:५३

७ माघ, काठमाडौं । आदिवासी जनजाति आयोगले आफ्ना समुदायको ज्ञान, सीपसम्बन्धि छुट्टै शिक्षालयको व्यवस्था गर्नुपर्ने बताएको छ ।

आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिहरुको ज्ञान र सीप सम्बन्धि छुट्टै शिक्षालयको व्यवस्था गर्न आवश्यक हुने बताएका हुन्  ।

आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकका बोल्दै उनले विद्यार्थी संख्या पुगेन भन्दैमा विद्यालय नै हटाउने कानूनी व्यवस्था तत्काल हटाउन पनि सरकारलाई सुझाव दिए ।

उनले भने, ‘आदिवासी जनजातिको ज्ञान, सीपसम्बन्धि शिक्षाको पनि व्यवस्थापन गर्नुपर्छ भनेर हामीले राख्नुपर्दछ भनेर म अनुरोध गर्न चाहन्छु । विद्यालयमा विद्यार्थी संख्या पुगेन भने अन्त गाभ्ने वा विद्यालय नै हटाउने भन्ने प्रावधान पनि रहेछ ।’

अध्यक्ष थापामगरले जिल्ला शिक्षा कार्यालयको व्यवस्था अव गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराए । पालिकाहरुको अधिकार कटौती हुने भएकाले पनि जिल्ला शिक्षा कार्यालयको व्यवस्था गर्नुपर्ने आवश्यक्ता नभएको उनको तर्क थियो ।

‘अब यो शिक्षा कार्यालय भन्ने छ । जिल्ला शिक्षा कार्यालय भयो भने हामीले पालिकाहरुलाई दिएको अधिकार जुन छ । त्यसले द्वन्द्व पो ल्याउँछ कि । यसलाई पनि विचार गर्नुपर्छ भन्ने म अनुरोध गर्न चाहन्छु ।’  उनले भने ।

अध्यक्ष थापामगरले विद्यार्थी जनसंख्याको आधारमा राज्यका निकायहरुमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने धारणा समेत राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?