+
+

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा उतार्नुपर्छ : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १८:०५
फाइल तस्वीर

८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्लेले ठूला सहकारी नियमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा उतार्नुपर्ने बताएका छन् ।

सहकारी नियमन गर्न तत्काल दोस्रो तहको नियामक निकाय स्थापना गर्नुपर्ने र नियमन निकाय स्थापना नहुन्जेल ३ वर्षसम्म ५० करोड वा १ अर्बभन्दा माथिको कारोबार गर्ने सहकारी अनुमगन गर्न खटाउनुपर्ने उनले बताए ।

रास्वपाले काठमाडौंमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले १ अर्बभन्दा बढीको कारोबार गर्ने सहकारीको राष्ट्र बैंकको विशेष टोली खटाएर एउटा प्रतिवेदन पेश गर्नुपर्ने बताए ।

‘दोस्रो तहको नियामक नआउन्जेल ३ वर्षसम्म १ अर्ब माथिको सहकारी राष्ट्र बैंकले हेर्नुपर्छ । राष्ट्र बैंक पनि सरकारकै अंग हो,’ सांसद वाग्लले भने, ‘ऋण असुली न्यायाधीकरण बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रक्रिया तत्काल अगाडि बढाउनुपर्छ । २०७४ कै ऐनले यसको व्यवस्था गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?