+
+

‘गोर्खा वारिअर’मा ‘केजीएफ’का भ्वाइस एक्टर सचिनको आवाज

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १२:०९
भारतका डबिङ कलाकार सचिन गोले र 'गोर्खा वारिअर'का अभिनेता रितेश चाम्स

काठमाडौं । तपाईंले दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ मा अभिनेता यशको संवाद सुन्नुभएको होला । यो फिल्मको हिन्दी संस्करणमा समेटिएको डायलग ‘भायलेन्स, भायलेन्स’ निकै चर्चित रह्यो ।

उक्त आवाज अभिनेता यशको नभएर भारतीय फिल्मका चर्चित भ्वाइस एक्टर सचिन गोलेको थियो । उनै गोलेले यतिबेला नेपाली फिल्म ‘गोर्खा वारिअर’को हिन्दी संस्करणमा आफ्नो आवाज स्वरांकन गराइरेहका छन् ।

अहिलेको मुम्बईको एक स्टुडियोमा गोलेसहितका अन्य भारतीय भ्वाइस एक्टरले स्वरांकन गराइरहेका छन् । निर्देशक मिलन चाम्सले फिल्मलाई बोल्ड भ्वाइस चाहिएको र यसका लागि गोलेलाई अप्रोच गरिएको बताए । उनले फिल्मका शीर्ष अभिनेता रितेश चाम्सको पात्रमा आफ्नो स्वर दिनेछन् ।

‘अहिले उहाँकै आवाजमा राम्रोसँग फिल्मको हिन्दी भर्सन डब भइरहेको छ,’ चाम्सले भने, ‘एक साताभित्र अब पूरै डब सकिन्छ ।’ यो फिल्मको कोरियाली भाषामा पनि डब भइरहेको जनाइएको छ । चाम्सले यो फिल्मलाई नेपालीसहित हिन्दी, अंग्रेजी र कोरियाली भाषामा रिलिज गर्दैछन् ।

दक्षिण भारतीय स्टार यशसँग सचिन गोले

नेपालमा भने फागुन ११ गते यो फिल्म रिलिज तयारीमा छ । दक्षिण कोरिया, भारत र अन्य अन्तर्राष्ट्रिय बजारमा भने अलग मितिमा फिल्मलाई रिलिज गर्ने तयारी छ । यसका लागि अभिनेता रितेश चाम्स सोमबार लण्डनबाट काठमाडौं आएका छन् ।

सचिन गोलेको कुरा गर्दा उनी १७ वर्षदेखि भ्वाइस एक्टरको रुपमा सक्रिय छन् । उनले हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’, ‘हाउ टु ट्रेन योर ड्रागन’को हिन्दी संस्करणमा स्वर दिइसकेका छन् । साथै, लाइफ अफ पाइ, सुपर मारियो ब्रोजमा पनि उनको आवाज सुन्न सकिन्छ । उनले केजीएफ २ सहित चर्चित साउथ फिल्ममा स्वर दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?