+
+

ओस्कार अवार्डको मनोनयन घोषणा, ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते २०:१८

काठमाडौं । ९६ औं ओस्कार अवार्डको मनोनयन सार्वजनिक भएको छ । अभिनेत्री जाजी बिट्ज र अभिनेता ज्याक क्वेड्जले मंगलबार बेलुका २३ विधामा मनोनयन सूची सार्वजनिक गरे ।

सन् २०२४ देखि सर्वश्रेष्ठ फिल्मको विधामा मनोनयन हुनको लागि फिल्मले ओस्कारका चारमध्ये दुईवटा मापदण्ड पुरा गरेकै हुनुपर्ने ब्यवस्था गरिएको छ ।

‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन भएको छ । ‘पुअर थिंग्स’ ११, ‘किलर्स अफ द फ्लावर मुन’ १०, ‘बार्बी’ ८, ‘माएस्ट्रो’ ७ र ‘अमेरिकन फिक्सन’, एनाटोमी अफ अ फल, द होल्डओभर्स, द जोन अफ इन्ट्रेस्ट समान ५/५ विधामा मनोनयन भएका छन् ।

सर्वाधिक विधामा छनोट भएको ‘ओपेनहाइमर’बाट किलियन मर्फी, एमिली ब्लन्ट र रोबर्ट डाउने जुनियर अभिनयको विधामा र क्रिस्टोफर नोलन निर्देशनको विधामा मनोनित छन् । आगामी मार्च १० मा आयोजना हुने ओस्कार समारोहलाई जिमी किमेलले होस्ट गर्नेछन् ।

यस्तो छ मनोनयन सूची :

सर्वश्रेष्ठ फिल्म
अमेरिकन फिक्सन, एनाटोमी अफ अ फल, बार्बी, द होल्डओभर्स, किलर्स अफ द फ्लावर मुन, माएस्ट्रो, ओपेनहाइमर, पास्ट लाइभ्स, पुअर थिंग्स र द जोन अफ इन्ट्रेस्ट

सर्वश्रेष्ठ निर्देशन
एनाटोमी अफ अ फल- जस्टिन ट्रिएट
किलर्स अफ द फ्लावर मुन- मार्टिन स्कोरसिज
ओपेनहाइमर- क्रिस्टोफर नोलन
पुअर थिंग्स- योर्गोस ल्यान्थिमोस
द जोन अफ इन्ट्रेस्ट- जोनाथन ग्लेजर

सर्वश्रेष्ठ अभिनेता
ब्राड्ली कुपर– माएस्ट्रो
कोलम्यान डोमिंगो– रस्टिन
पल जियामट्टी– द होल्डओभर्स
किलियन मर्फी– ओपेनहाइमर
जेफ्री राइट –अमेरिकन फिक्सन

सर्वश्रेष्ठ अभिनेत्री
एनेट बेनिङ्ग– न्याद
लिली ग्लाडस्टोन– किलर्स अफ द फ्लावर मुन
सान्ड्रा हलर– एनाटोमी अफ अ फल
केरी मुलिगन– माएस्ट्रो
एम्मा स्टोन– पुअर थिंग्स

सर्वश्रेष्ठ सहायक अभिनेता
स्टर्लिङ के ब्राउन– अमेरिकन फिक्सन
रोबर्ट डी निरो– किलर्स अफ द फ्लावर मुन
रोबर्ट डाउने जुनियर– ओपेनहाइमर
रायन गसलिङ– बार्बी
मार्क रफेलो –पुअर थिंग्स

सर्वश्रेष्ठ सहायक अभिनेत्री
एमिली ब्लन्ट– ओपेनहाइमर
डेनियल ब्रुक्स– द कलर पर्पल
अमेरिका फेरेरा– बार्बी
जोडी फोस्टर– न्याद
द भाइन जोय रान्डोल्फ– द होल्डओभर्स

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर
लो क्यापिटानो– इटाली
पर्फेक्ट डेज– जापान
सोसाइटी अफ द स्नो– स्पेन
द टिचर्स लाउण्ज– जर्मनी
द जोन अफ इन्ट्रेस्ट– बेलायत

अन्य विधाको मनोनयनबारे जान्न ओस्कारको यो पृष्ठमा जानुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?