+
+
यू-१९ विश्वकप क्रिकेट :

नेपालको प्लेइङ ११ मा तीन परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १३:३७

१० माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानसँग टस जितेर पहिला पहिला ब्याटिङ गर्ने निर्णय लिँदै प्लेइङ ११ मा तीन परिवर्तन गरेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

पछिल्लो खेलमा न्युजिल्यान्डबाट नेपालले तीन परिवर्तन गरेको छ । स्पिनर तिलकराज भण्डारीलाई नेपालले बेञ्चमा राखेको छ । तिलकलाई बेञ्चमा राख्दा दुर्गेश गुप्ताले मौका पाएका छन् ।

त्यस्तै आजको खेलमा दुवै दिपक बोहरा टोलीमा छैनन् । नेपालले दुई दीपक बोहराको स्थानमा विपिन रावल र दीपक डुम्रेलाई मौका दिएको छ । विपिन बायाँ हाते ओपनर खेलाडी हुन् ।

डुम्रेले मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । विपिनलाई खेलाउन दायाँबायाँ हाते सन्तुलन पनि हुनसक्छ । यो सँगै नेपालको तीव्र गतिका बलरमा गुलशन झा, दुर्गेश गुप्ता र आकाश चन्द छन् ।

नेपालले ब्याटिङलाई बलियो बनाउन दुई युवा ब्याटरलाई खेलाएको हो । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो । न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सका पुगेको छ । पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्नेछ ।

नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले आज हारे पनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ ।

नेपालको प्लेइङ ११

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तमरंगु थापा मगर, विपिन रावल (विकेटकिपर) र आकाश चन्द ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?