+
+

‘गोर्खा वारिअर’को ट्रेलर : मलायामा गोर्खालीले लडेको साहसिक लडाइँको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १३:५४

काठमाडौं । फागुन ११ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘गोर्खा वारिअर’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले वार–ड्रामा फिल्मको ट्रेलर सार्वजनिक गरे ।

साढे दुई मिनेट लामो ट्रेलरमा वीरतापूर्वक गोर्खा सैनिकले लडेको लडाइँ र त्यसको सामाजिक आयामलाई प्रस्तुत गरिएको छ ।

मिलन चाम्स निर्देशित फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, विरुप घलेको शीर्ष भूमिका छ । लण्डन प्रिमियरपछि नेपाली हलमा रिलिज गर्न लागिएको हो । रिलिजपूर्व काठमाडौंसहित लाहुरेका सहर पोखरा र धरानमा समेत प्रिमियर गरिने भएको छ ।

फिल्म प्रवर्द्धनका लागि अभिनेता रितेश चाम्स लण्डनबाट काठमाडौं आइपुगेका छन् । नेपालपछि एक अमेरिकी वितरण कम्पनीले अन्तर्राष्ट्रिय बजारमा रिलिजको योजना बनाइरहेको निर्देशक चाम्सले जानकारी दिए ।

दक्षिण कोरियामा भने मिस हुँ नामक कम्पनीले कोरियाली भाषामा फिल्म रिलिज गर्दैछ । यो कम्पनीले सात वर्षका लागि प्रदर्शन अधिकार लिएको जनाइएको छ । यो फिल्मको हिन्दी संस्करणमा ‘केजीएफ’ फेम्ड सचिन गोलेले स्वरांकन गरिरहेका छन् ।

दोस्रो विश्वयुद्धको क्रममा सन् १९४९ मा भएको मलाया युद्धमा गोर्खा सैनिकले लडेको वीरतापूर्ण लडाइँको कथा र यसको सामाजिक आयामलाई फिल्ममा चित्रण गरिएको छ । निर्मातामा सुमन राई र सुस्मिता वाइबा छन् । लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुतिमा चाम्स इन्टरटेनमेन्टले फिल्म निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?