+
+

कोशीमा प्रदेशसभाको मत गन्दा सिटौला भन्दा पौडेल अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १७:१६

११ माघ, विराटनगर । कोशीमा राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभाको मत गन्दा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले भन्दा राप्रपा उम्मेदवार उद्धव पौडेलले बढी मत पाएका छन् । ९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा काङ्ग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए ।

प्रदेशसभा तर्फ महिलामा एमालेकी रुक्मिणी कोइरालाले ४९ र माओवादीकी चम्पा कार्कीले ४४ मत पाएका थिए । महिलातर्फ मतगणना सकिएको छ र एमाले उम्मेदवार कोइराला निर्वाचित भइसकेकी छन् ।

राष्ट्रियसभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद छन् । सत्ता गठबन्धनमा भने ४७ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?