+
+

म्याराथन डेब्यूमा सन्तोषीलाई कीर्तिमानी स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १२:५३

१२ माघ, काठमाडौं ।  बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । उनले निर्धारित दुरी २ घण्टा ४६ मिनेट २२ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

उनले यसअघि नेपालकै पुष्पा भण्डारीको नाममा रहेको २ घण्टा ४८ मिनेट ०२ सेकेण्ड दुरीको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि मध्यम दुरीमा दौडिँदै आएकी सन्तोषीको यो प्रतियोगिता डेब्यू म्याराथन हो ।

सन्तोषी ४ वर्षअघि काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को एथलेटिक्सको १० हजार मिटर दौडकी स्वर्ण विजेता हुन् ।

बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा पुष्पा भण्डारी दोस्रो भइन् । उनले २ घण्टा ४९ मिनेट ३४ सेकेण्डको समय निकालिन् । उनी ढाका म्याराथनमा गतसंस्करणाकी स्वर्ण विजेता हुन् ।

यस्तै पुरुषतर्फको स्पर्धामा खडगबहादुर खड्का तेस्रो भएका छन् । उनले २ घण्टा १८ मिनेट ३२ सेकेण्डको समय निकाले ।

महिलातर्फ विन्द्राधन्के श्रेष्ठ पाँचौं स्थानमा रहिन् । उनले ३ घण्टा ४ मिनेटको समय निकालिन् ।

नेपालबाट ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले भाग लिएकोमा महिलातर्फ २ र पुरुषतर्फ १ जनाले पदक जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?